२०८१ चैत्र ३१ आईतवार
LATEST NEWS
२०८१ चैत्र ३१ आईतवार

एमालेसँग जति कुनै पार्टीसँग युवा छैनन् : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूसँग जति अरू कुनै पार्टीसँग युवा नभएको बताएका छन्।

आज दमकमा आयोजित जागरणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले जति अरू पार्टीले युवा भेला गर्न नसक्ने भन्दै चुनौती दिएका छन्।

Ncell 2
Ncell 2

प्रधानमन्त्री ओलीले युवाहरूलाई स्वदेशमै रोजगारी र उद्यमशीलताको विकासमा लगाउन सरकारले आवश्यक कदम चालिरहेको बताए। एमालेले वैशाख ११ गते (लोकतन्त्र दिवस) का दिन काठमाडौँमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गर्दै ४० वर्षमुनिका युवालाई त्यसदिन काठमाडौँ आएर राजतन्त्र हटाएर जनताले जितेको दिनको उत्सव मनाउन आह्वान गरे।

shivam cement
shivam cement

ओलीले चेतावनी दिँदै भने‚ ‘एमालेका साथमा युवा छैनन्। एमालेका युवाहरू सिद्धिए भन्नेहरूलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका छौँ। म चुनौतीका साथ भन्छु, अरू कुनै पार्टीले यति धेरै युवाहरूलाई भेला पार्न सक्दैन।’ उनले युवाहरूलाई आफ्नो सामर्थ्य पूर्ण प्रयोग गरेर देशका निम्ति जुट्न आह्वान पनि गरे।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट