काठमाडौँ । कनेक्ट आईपीएसको नाममा नक्कली वेबसाइटमार्फत ठगी धन्दा चलेको पाइएको छ । सामाजिक सञ्जालमा नक्कली वेबसाइट प्रचार गरी ठगी प्रयास भइरहेको गुनासो आएपछि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सावधान रहन ग्राहकहरूलाई आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै कम्पनीले कनेक्ट आईपीएसको आधिकारिक वेबसाइट (login.connectips.com) बाहेक अन्य वेबसाइट/युआरएलहरू नक्कली रहेको स्पष्ट पारेको छ ।
यदि कसैले अन्य वेबसाइट वा यूआरएलहरू प्रयोग गरेर कनेक्ट आइपीएसको सेवा दिने दाबी गरे बेवास्ता गर्न कम्पनीले सुझाएको छ ।
साथै आफ्नो व्यक्तिगत जानकारी, बैंकिङ विवरण र ओटीपी जस्ता संवेदनशील जानकारी कुनै पनि शङ्कास्पद प्लेटफर्ममा नदिन कम्पनीले अनुरोध गरेको छ ।

*शीर्षक सच्याइएको छ । स.
पछिल्लो अध्यावधिक: चैत ३०, २०८१ १९:३३
सामाग्री श्रोत :
टेक पाना