धनगढी – कैलालीको धनगढीमा करेन्ट लागेर आमाको मृत्यु भएको छ, भने छोरा घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१९ फुलवारी बस्ने अन्दाजी २५ वर्षीया बिमला कुँवरको शुक्रवार मृत्यु भएको हो । पानी तान्ने मोटरबाट बिमलालाइ करेन्ट लागेको हो ।

करेन्ट लागेर घाइते भएकी बिमलालाइ उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढी पुर्याएकोमा उनलाइ चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको हो । मृतक बिमलाका नाबालक छोरा ३ वर्षीय प्रजल कुँवर घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
