२०८१ चैत्र ३० शनिबार
LATEST NEWS
२०८१ चैत्र ३० शनिबार

यी भारतीय युवाले ८०० भारुमै किने गुगल डटकम !

काठमाडौं । सन् २०१५ को सेप्टेम्बर महिनामा एक अनौठो घटना देखियो । एक भारतीय युवा सन्मय वेदले प्राविधिक गडबडीका कारण विश्वकै चर्चित डोमेन नेम ‘गुगल डटकम’ केवल ८०० भारुमा किनें ।

गुजरातमा बस्दै आएका गुगलका तत्कालीन कर्मचारी सन्मय एक रात गुगल डोमेन्समा डोमेन नेम खोज्दै थिए । त्यही क्रममा उनले गुगल डटकम बिक्रीमा रहेको देखे । सुरुमा उनलाई यो एउटा प्राविधिक त्रुटि होला भन्ने लाग्यो । तर उत्सुकताले उनले किन्ने प्रक्रिया अगाडि बढाए ।

क्रेडिट कार्डबाट १२ डलर (त्यतिबेलाको लगभग ८०४ भारु) तिरेपछि उनी गुगल डटकमका मालिक बने ।

उनले गुगल डोमेन्सको ड्यासबोर्डमा आफूलाई गुगल डटकमको मालिकको रूपमा देखेर आश्चर्यचकित भए । “म स्तब्ध थिएँ । कारोबार सफल होला भनेर मैले कहिल्यै सोचेको थिइनँ,” सन्मयले पछि अन्तर्वार्ताहरूमा भने, “मलाई कतै कारोबार सफल भएन भन्ने त्रुटि आउला भन्ने आशा थियो । तर म खरिद पूरा गर्न सफल भएँ । र, मेरो क्रेडिट कार्डबाट वास्तवमै पैसा काटियो !”

छोटो समयका लागि भए पनि उनले गुगल डटकमको प्रशासनिक काममा पहुँच पाए, जुन सामान्यतया डोमेन मालिकलाई मात्र उपलब्ध हुन्छ । तर, यो अधिकार एक मिनेटभन्दा बढी टिकेन । गुगलले तुरुन्तै उनको पहुँच बन्द गर्‍यो र कारोबार रद्द गर्‍यो ।

गुगलले यो घटनालाई स्वीकार्दै प्राविधिक त्रुटि भएको बताएको छ । साथै, गुगलले सन्मयको इमान्दारिता र पारदर्शिताको कदर गर्दै उनलाई पुरस्कृत गर्ने निर्णय गर्‍यो ।

फाइनान्सियल एक्सप्रेसका अनुसार सन्मयलाई गुगलले छ हजार छ डलर (आजको विनिमय दर अनुसार करिब आठ लाख २५ हजार रुपैयाँ) पुरस्कार दिने प्रस्ताव गर्‍यो । उनले गुगललाई उक्त रकम भारतका गरिब बालबालिकाको सहयोगार्थ दान गर्न आग्रह गरे । गुगलले पनि सद्भाव देखाउँदै दानको रकम दोब्बर बनायो र दान गर्‍यो ।

यो कुनै ठगी वा झुटो खबर थिएन, बरु एउटा दुर्लभ प्राविधिक त्रुटि थियो । डोमेन नामको म्याद सकिने र नवीकरण गर्ने प्रक्रिया सामान्यतया स्वचालित हुन्छ । तर, कहिलेकाहीँ बलियो प्रणालीमा पनि त्रुटि हुन सक्छ ।

गुगलले त्रुटि स्वीकार्नु र सन्मयले इमान्दारीपूर्वक प्रतिक्रिया दिनुले यो घटना सकारात्मक सन्देश दिने खालको बन्यो । सन्मय वेदले गुगलको साम्राज्य त हात पारेनन्, तर उनले इन्टरनेटको इतिहासमा एउटा महत्वपूर्ण स्थान बनाए ।

पछिल्लो अध्यावधिक: चैत ३०, २०८१ १५:२६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट