काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको बताएका छन्।

शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले सरकारले जनताको चाहना बुझ्न नसकेको र असल सुशासन दिन चुकिरहेकाले एमाले भोलिको प्रतिस्पर्धी पार्टी भएकाले खबरदारी गर्न नछाड्ने बताएका हुन्।
उनले भने,‘राजनीतिमा धेरै कुरा हुन्छ। हालको सरकारका सवालमा पनि धेरै कुराहरु छन्। अहिलेको सरकार नेपाली काँग्रेस सम्मिलित सरकार हो र यसमा हामी पनि छौं। तर मैंले एउटा कुरा भन्दै आइरहेको छु–हामी सत्तामा छौं तर सरकारमा छैनौँ किनभने हाम्रो प्रतिस्पर्धी जुनसुकै ठाउँमा एमाले हुन्छ। हामी अहिले एमालेसँग सहकार्य गरेर अगाडि बढिरहेका छौं। यसलाई म खराब भन्दिन्। तर सरकारले गलत वा कमजोरी गरिरहेको छ की भनेर खवरदारी गरिराख्नुपर्छ भन्ने हो। खवरदारी गरेनौं भने कांग्रेसलाई अफ्ठ्यारोमा पर्नसक्छ। त्यसैले हामी सत्तामा छौं तर सरकारमा छैनौं। सरकारमा हुनेहरुले सहकार्य गरेरै जानुपर्ने आवश्यकता छ, अर्को उपाय छैन्,’ उनले अगाडि भने,‘सरकारले संविधान पुनरावलोकन, संशोधन गर्ने कुरा गरेको छ। त्यसैले यसमा ढिला गर्न मिल्दैन्। जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ। सुशासन दिलाउन सकिएको छैन्, दण्डहिनता बढेको बढ्यै छ। यसलाई कन्ट्रोल गर्न जरुरी छ।’
साथै उनले संविधान संशोधन गर्ने भन्ने कुरा सेलाएको बताए। कोइरालाले अहिले सडकमा उठिरहेका धेरै माग संविधान संशोधनबाट पुरा गर्न सकिने बताए।

सामाग्री श्रोत :
हामी सत्ता छौं तर सरकारलाई खबरदारी गर्न छाड्दैनौं : शेखबर कोइराला