२०८१ चैत्र ३१ आईतवार
२०८१ चैत्र ३१ आईतवार

आफ्नै स्वरमा जीवनीको अडिओबुक ल्याउँदै महावीर पुन, तर आउँदैन युट्युबमा

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको जीवन कथामा आधारित पुस्तक ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ अडिओ भर्सनमा पनि आउने भएको छ । शुक्रबार सामाजिक सञ्जालमा पोस्ट राख्दै पुनले छिट्टै आफ्नो जीवन कथाको अडिओबुक सार्वजनिक हुने जानकारी दिएका हुन् ।

पुनका अनुसार पुस्तकको अडिओ रेकर्ड गर्न उनलाई दुई दिन लागेको छ । कूल ११ घण्टाको उक्त अडिओ पुनले म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरेका छन् ।

“पहिलो दिन ३ घण्टा र दोस्रो दिन पूरा ८ घण्टा गरी जम्मा ११ घण्टा जतिमा म्युजिक नेपालको स्टुडियोमा बसेर मैले मेरो आत्मकथाको किताबको अडिओबुक (सुन्ने किताब) रेकर्ड गरेँ । देश विदेशमा बस्नुहुनेहरूले अनलाइन बाट अडिओबुक किन्न सक्नुहुनेछ ।”

उनका अनुसार यो अडिओबुक युट्युबमा उपलब्ध हुनेछैन । सुन्न चाहनेले म्युजिक नेपालले उपलब्ध गराउने प्लेटफर्मबाट खरिद गर्नुपर्नेछ । हालसम्म यस अडिओबुकको मूल्य र यो सार्वजनिक हुने मिति तय गरिएको छैन । उनले थपेका छन्, “अडिओबुकको मूल्य अहिले नै तोकिएको छैन। यो अडिओबुक युट्युबमा आउँदैन । अनलाइन किन्नु पर्छ पढ्नेले ।”

मूल्य ७५० रुपैयाँ तोकिएको जीवन कथा एक लाख ८० हजार प्रति बिक्री गरिएको दाबी पुनले गरेका छन् । विगत एक वर्षदेखि देशका ४० बढी जिल्लामा भौतिक रूपमा उपस्थित भएर पुनले आफ्नो जीवन कथा बिक्री गर्दै आएका छन् । 

जीवन कथाबाट आएको सम्पूर्ण रकम वीरगञ्जको कृषि औजार कारखाना मर्मतमा खर्च गर्ने प्रतिवद्धता पुनले लिएका छन् ।

पछिल्लो अध्यावधिक: चैत ३०, २०८१ १०:३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट