काठमाडौं । युट्युबको नयाँ एआई टुलले क्रियटरका लागि निःशुल्क ब्याकग्राउन्ड म्युजिक बनाइदिने भएको छ । कम्पनीले बुधबार क्रियटर इन्साइडर च्यानलमा एक भिडिओ राख्दै यसबारे जानकारी दिएको हो ।

यससँगै अब टिकटक क्रियटरले भिडिओमा प्रयोग भएको म्युजिकमा कपिराइट क्लेम लाग्छ कि भन्ने चिन्ता लिनुपर्ने छैन । कम्पनीले सार्वजनिक गरेको भिडिओमा होस्ट लरेनले यस फिचरको बारेमा जानकारी दिएकी छिन् ।
भिडिओमा युट्युबको क्रियटर म्युजिक बेटा सेक्सनमा ‘म्युजिक असिस्टेन्ट’ भन्ने ट्याब देख्न सकिन्छ । उक्त ट्याबमा क्लिक गरेर प्रम्ट दिएपछि एआईले तपाईंको प्रम्प्टको आधारमा उत्कृष्ट ब्याकग्राउन्ड म्युजिक तयार पारिदिने कम्पनीले उल्लेख गरेको छ ।
उक्त डेमो भिडिओमा ‘give me uplifting and motivational music for a workout montage.’ (कसरत मोन्टाजको लागि मलाई ऊर्जावान र उत्प्रेरणा दिने म्युजिक देऊ) ।

त्यस लगत्तै एआईले प्रयोगकर्ताले मागेको जस्तो विभिन्न ट्रयाक उपलब्ध गराउँछ । उपलब्ध म्युजिकबाट आफूलाई उत्कृष्ट लागेको भिडिओ डाउनलोड गर्न सकिन्छ । र, आफ्नो भिडिओमा प्रयोग गर्न सकिन्छ ।
कम्पनीका अनुसार अहिले ‘क्रियटर म्युजिक’को पहुँच हुने प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध गराउन थालिएको छ । युट्युबको म्युजिक असिस्टेन्ट इन्टरनेटमा उपलब्ध म्युजिक तयार पारिदिने सयौं टुलमध्ये एक हो । स्टेबेलिटी एआई जस्ता कम्पनीले आफूसँग भएको डिफ्युजन मोडेल प्रयोग गरी मेटाका लागि ब्याकग्राउन्ड अडिओ तयार पार्ने काम गर्दै आएको छ । यसमा भएको म्युजिक जेन मोडेलले प्रम्प्टको भरमा स्तरीय म्युजिक तयार पारिदिन सक्छ ।
यससँगै युट्युबले एआई म्युजिकलाई विभिन्न तवरबाट परीक्षण गरिरहेको छ । कम्पनीले हालै मात्र शर्टमा चर्चित म्युजिकलाई एआईको सहायताले रिमिक्स गर्ने ‘रिस्टाइल’ फिचर तयार पारेको छ । त्यस्तै गुगल डिमाइन्डको लायराद्वारा सञ्चालित ड्रिम ट्रयाक फिचरले पनि गुनगुनाएको भरमा म्युजिक ट्रयाक बनाइदिन सक्छ । यो फिचर पनि परीक्षणकै क्रममा छ ।
पछिल्लो अध्यावधिक: चैत ३०, २०८१ ११:९
सामाग्री श्रोत :
टेक पाना