
काठमाडौँ । सार्वजनिक निकाय तथा संगठित संस्थाले खरिद गर्ने सफ्टवेयर अनिवार्य रूपमा नेपाली सूचना प्रविधि कम्पनीबाट निर्मित खरिद गर्नुपर्ने व्यवस्था गर्न सुझाव दिइएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदै यस्तो सुझाव पेश गरेको हो ।
नेपालमा सूचना प्रविधिको विकाससँगै घरेलु उद्यमहरूको सशक्तीकरण र रोजगारी सिर्जना हुनसक्ने उल्लेख गर्दै आयोगले सरकारी तथा सार्वजनिक निकायले स्वदेशी सफ्टवेयरलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएको छ ।
प्रतिवेदनले स्वदेशी सफ्टवेयर तथा हार्डवेयरको गुणस्तर अभिवृद्धि, लागत न्यूनीकरण र बजार प्रवर्द्धनका लागि ठोस कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत २९, २०८१ १९:८
सामाग्री श्रोत :
टेक पाना