२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

टर्कीएमा थप ९३ प्रदर्शनकारी विद्यार्थी रिहा

एजेन्सी–टर्कीएका एक अदालतले शुक्रबार हालैको प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका ९३ जना युवा प्रदर्शनकारीलाई रिहा गर्न आदेश दिएको छ।

यसअघि बिहीबार पनि १०७ विद्यार्थीलाई रिहा गरिएको थियो। उनीहरूले इस्तानबुलका लोकप्रिय विपक्षी नेता र मेयर एकरेम इमामोग्लुलाई जेल सजाय सुनाइएको विरोधमा प्रदर्शन गरेका थिए।

 इमामोग्लु राष्ट्रपति रेचेप तैय्यप एर्दोगानका मुख्य राजनीतिक प्रतिस्पर्धी मानिन्छन्।

Ncell 2
Ncell 2

अदालतले दिएको निर्णयमा पक्राउ परेका विद्यार्थीहरूको अध्ययन प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उनीहरूलाई रिहा गरिएको उल्लेख गरिएको छ। यो जानकारी केही विद्यार्थीका कानूनी प्रतिनिधिहरूले सार्वजनिक गरेका हुन्।

इमामोग्लुलाई मार्च १९ मा भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो, जुन आरोप उनले अस्वीकार गर्दै आएका छन्। त्यसयता भएका प्रदर्शनहरूमा संलग्न भएको आरोपमा करिब दुई हजार जना पक्राउ परेका छन्, जसमा ३०० भन्दा बढी विद्यार्थी रहेका छन्।

shivam cement
shivam cement

स्थिति नियन्त्रणमा ल्याउन सरकारले इस्तानबुल, अङ्कारा र इज्मिरमा केही समयका लागि प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो। रमजानको चाडपर्व र विश्वविद्यालय बन्द भएपछि प्रदर्शन केही समयका लागि रोकिएको थियो। तर पछिल्लो दिनहरूमा फेरि इस्तानबुल र अङ्कारामा प्रदर्शनहरू सुरु भएका छन्, यद्यपि सहभागी सङ्ख्या केही कम देखिएको छ।

मुख्य विपक्षी दल रिपब्लिकन पीपुल्स पार्टी ९सीएचपी० ले इमामोग्लुलाई राष्ट्रपतीय उम्मेदवारको रूपमा अघि सारेको छ र हरेक सप्ताहन्त देशभरका सहरहरूमा शान्तिपूर्ण प्रदर्शन गर्न आफ्ना समर्थकहरूलाई आह्वान गरेको छ।

पार्टीले विशेषगरी यही आइतबार कालो समुद्रस्थित प्रमुख बन्दरगाह सहर साम्सुनमा ठूलो जनसभा आयोजना गर्ने तयारी गरिरहेको छ।
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट