२०८२ बैशाख ५ शुक्रबार
२०८२ बैशाख ५ शुक्रबार

चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गर्न स्वास्थ्य र शिक्षामन्त्रीलाई संघको ध्यानाकर्षण

काठमाडौं- नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगको १६औं र १७औं बैठकमा भएका निर्णयहरु कार्यान्वयन नभएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण गराएका छन्।संघका प्रतिनिधिले शुक्रबार आयोगकी सहअध्यक्ष समेत रहेका स्वास्थ्य मन्त्री पौडेल र शिक्षा मन्त्री भट्टराईलाई पत्र बुझाउँदै आयोगको १६ औं तथा १७औं बैठकमा भएका निर्णयहरू अक्षरसः कार्यान्वयन गराउन माग गरेका छन्।संघका प्रतिनिधिले आयोगका निर्णय कार्यान्वयन नहुँदा जेहेन्दार विद्यार्थीहरु गुणस्तरीय शिक्षाको अवसरबाट बञ्चित भई ठूलो धनराशी विदेशिनुका साथै योग्य चिकित्सकहरु विदेश पलायन हुने स्थिति कायमै रहेको विषय मन्त्रीद्वलाई जानकारी गराएका छन्।आयोगको १६औं बैठकले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी आठौं तहका मेडिकल अधिकृत सरह निर्भाह भत्ता दिने निर्णय गरेको थियो। उक्त निर्णय नमान्ने भन्दै निजी कलेजका प्रतिनिधिले १७ औं बैठकमा निवेदन पेश गरेका थिए। त्यसपछि उक्त विषय १८ औं बैठकमा बसेर टुंग्याउने निर्णय भएको थियो। तर बैठक भने बस्न सकेको छैन।चिकित्सक संघले १८ औं पूर्ण बैठक अविलम्ब संचालन गरी समस्याको यथाशीघ्र समाधान गर्न पहल गरिदिन पनि मन्त्री पौडेल र भट्टराईलाई आग्रह गरेको छ। 
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट