काठमाडौँ । सरकारलाई आगामी पाँच वर्षका लागि कुल पूँजीगत बजेटको कम्तीमा १० प्रतिशत सूचना प्रविधि क्षेत्रको विकासमा विनियोजन गर्न सुझाव दिइएको छ ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदै आईटी क्षेत्रको भौतिक पूर्वाधार, वर्क स्टेसन र आईटी पार्क निर्माणमा बजेट विनियोजन गर्न सिफारिस गरेको हो ।
प्रतिवेदनमा आईटी क्षेत्रको विकासलाई आर्थिक वृद्धि, निर्यात क्षमता विस्तार र लाभदायक रोजगारी सिर्जनाको महत्त्वपूर्ण क्षेत्रको रूपमा पहिचान गरिएको छ ।
आयोगले आईटी कम्पनीहरूको लजिस्टिक व्यवस्थापनमा भएका कठिनाइहरूलाई पनि औंल्याउँदै सरकारी स्तरबाट कार्यस्थल (वर्क स्टेसन) निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।

यसका साथै आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन र डिजिटल पूर्वाधार जस्ता क्षेत्रमा नवप्रवर्तन र प्रविधि विकासलाई प्रवर्द्धन गर्न राष्ट्रिय डिजिटल नवप्रवर्तन केन्द्र स्थापना गर्न सुझाव दिइएको छ ।
पछिल्लो अध्यावधिक: चैत २९, २०८१ १८:५७
सामाग्री श्रोत :
टेक पाना