२०८२ बैशाख ५ शुक्रबार
२०८२ बैशाख ५ शुक्रबार

दुर्गा प्रसाईं सवार जहाज केहीबेरमा काठमाडौँ विमानस्थलमा अवतरण हुँदै

काठमाडौं – मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई  पक्राउपछि  काठमाडौँ ल्याइदैछ छ। 

झापा प्रहरीले उनलाई बुद्ध एयरको जहाजमा भद्रपुरबाट बिहान ११ बजेर ५० मिनेटको फ्लाइटमा ल्याउदै गरिएको हो। उक्त जहाज काठमाडौँ विमानस्थलमा साढे १२ बजे अवतरण हुने बताइएको छ। 

Ncell 2
Ncell 2

सुरक्षा स्रोतका अनुसार उनलाई  प्रदेश नम्बर १–०१–००२ च ३७९३ गाडीमा भारततर्फबाट ल्याइएको थियो।  बिहान १० बजेर ७ मिनेटमा उनलाई सीमा क्षेत्रमा ल्याइएको बताइएको छ। तर, प्रहरीले भने उनलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको दाबी गरेको छ। 

shivam cement
shivam cement

प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो। भारतको आसाम राज्यमा फेला बिहीबार परेका थिए। यता प्रसाईंको सचिवालयले भने आसाम प्रहरीमा उनी आफैंले आत्मसमर्पण गरेको दाबी गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट