२०८२ बैशाख ५ शुक्रबार
LATEST NEWS
२०८२ बैशाख ५ शुक्रबार

अब टेलिकम र एनसेलका मोबाइल नम्बरमा फोन गर्दा ‘पट्यार लाग्दा’ रिङब्याकटोन नबज्ने

काठमाडौँ । अब नेपाल टेलिकम र एनसेलका ग्राहकको मोबाइलमा जथाभाबी किसिमका रिङ्गब्याक टोन (सीआरबीटी) नबज्ने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनावश्यक रिङब्याक टोन र सन्देशहरू नियन्त्रण हुने गरी नयाँ सूचना जारी गरेको हो ।

‍यसअघि सञ्चार मन्त्रालयमार्फत सिफारिस गरी जुनसुकै निकाय तथा सङ्घसंस्थाले निःशुल्क आफू अनुकूल रिङब्याक टोन बजाउने परिपाटी देखिएको थियो । तर मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै राष्ट्रिय महत्त्व बाहेकका सन्दर्भका रिङ ब्याक टोनमा कडाइ गर्ने सङ्केत दिएको छ । 

मन्त्रिपरिषद्‌बाट राष्ट्रिय दिवस वा राष्ट्रिय स्तरमा मनाउने भनी निर्णय भएका विषयमा मात्र मन्त्रालयले निःशुल्क रूपमा सीआरबीटी बजाउने अनुमति दिन सकिने मन्त्रालयले जनाएको छ । जसमा यस बाहेक विपद्, महामारी वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित पूर्व सूचना वा जानकारीमूलक सामग्री सहितका सन्देशहरू समेत समावेश छन् । 

यस बाहेकका सूचना तथा सन्देशको हकमा भने शुल्क लिई सीआरबीटीको रूपमा बजाउन दिने वा नदिने निर्णय नेपाल दूरसञ्चार प्राधिकरणको हुने मन्त्रालयले जनाएको छ । जसमा कुनै सरकारी निकाय, सार्वजनिक संस्था वा सामाजिक संस्था स्थापना दिवस, विशेष दिवस र ती निकायसँग सम्बन्धित जानकारीमूलक सूचना, सन्देश, धुन रहेका छन् । त्यस्तै कुनै धर्म, जातजाति भौगोलिक क्षेत्र वा समुदायको चाड पर्व, मेला वा विशेष अवसरसँग सम्बन्धित सन्देश वा शुभकामना वा सो सम्बन्धी धुनहरू समेत सीआरबीटीमा निःशुल्क बज्ने छैनन् ।   

यस्ता सन्देशहरू बजाउनु पर्ने भएमा नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम कम्पनीहरूलाई सशुल्क सीआरबीटी बजाउन अनुमति दिन सक्ने बताइएको छ । त्यसको शुल्क समेत प्राधिकरणले नै निर्धारण गर्ने मन्त्रालयले स्पष्ट पारेको छ । अब त्यस खाले सूचना तथा सन्देशहरूमा शुल्क लाग्ने भएपछि दैनिक जसो बजिरहने रिङब्याकटोनमा कमी आउने अपेक्षा गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत २८, २०८१ १८:४०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट