२०८२ बैशाख ५ शुक्रबार
LATEST NEWS
२०८२ बैशाख ५ शुक्रबार

पुनः जोडियो वडाध्यक्षहरूको ‘घुस’ संवाद सुनिने फुटेज बाहिरिएपछि हटाइएको कामनपाको सीसीटिभी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडाध्यक्षहरूको ‘घुस’ सम्वाद भनिएको भिडिओ फुटेज बाहिरिएपछि हटाइएको सीसीटिभी क्यामेरा पुनः जोडिएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले हटाइएका सीसीटिभी क्यामेरा बिहीबार पुनः जडान गरिएको जानकारी दिए ।

बुधबारमात्रै मेयरको सचिवालय बैठक, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र विभागीय प्रमुखहरूको कार्यकक्षबाट सीसीटिभी क्यामेराहरू झिकिएको थियो । हटाउनेहरू आफैँले नै बिहीबार ती क्यामेराहरू राखेको प्रवक्ता मानन्धरले बताए ।

“किन निकालिएको हो र पुनः किन राखियो, मलाई त्यति धेरै थाहा भएन,” उनले भने, “तर, हटाइएका सबै सीसीटिभी क्यामेराहरू पुनः जडान भइसकेका छन् ।” काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र मेयर बालेन शाहबिच केही महिनादेखि द्वन्द्वको स्थिति देखिएको छ ।

पुरानो बसपार्कमा बनिरहेको भ्यु टावर सहितको संरचनाको नक्सापास/स्वीकृतिको विषयलाई लिएर मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृतमाथि अनियमितताको आरोप लगाउँदै आएका छन् । प्रमुख प्रशासकीय अधिकृतलाई जबर्जस्ती कार्यकक्षमा प्रवेश गराएपछि बाहिरिएको वडाध्यक्षहरूको भिडिओ सोही विषयमा ठेकेदार कम्पनीसँग सम्बन्धित भएको चर्चा छ ।

पछिल्लो अध्यावधिक: चैत २८, २०८१ १९:१५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट