काठमाडौं – काभ्रेको रोशी गाउँपालिका ९ दाउन्नेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको छ । काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस बिपी राजमार्गमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार आज बिहान साढे ८ बजेतिर प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको बस सडकबाट चिप्लिएर खसेको छ ।
इलाका प्रहरी कार्यालयका अनुसार बस चिप्लिएर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नं को हाइस पनि ठोक्किएको थियो । हाइसका यात्रु भने सकुशल छन् । बसको चालकलाई इलाका प्रहरी कार्यालय मंगलटारको नियन्त्रणमा लिएको जानकारी दिएको छ । घाइते सबैलाई उद्धार गरी उपचारका लागि मंगलटार पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

सामाग्री श्रोत :
नेपाललाइभ