२०८२ बैशाख ५ शुक्रबार
२०८२ बैशाख ५ शुक्रबार

एकीकृत समाजवादीले संशोधन गर्‍यो आन्दोलनको कार्यतालिका

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) ले यसअघि पहिलो चरणका लागि घोषणा गरेका आन्दोलनका केही कार्यक्रम र कार्यतालिका संशोधन गरेको छ।

पार्टी महासचिव घनश्याम भुसालले बुधबार मातहतका पार्टी कमिटीलाई ‘जरुरी’ परिपत्र जारी गर्दै आन्दोलनका कार्यक्रम संशोधन गरिएको जनाएका हुन्।

एकीकृत समाजवादीले ‘सुशासन र रोजगारी समाजवादीको तयारी’ भन्ने नाराका साथ पहिलो चरणको आन्दोलन चैत १ गतेबाट वैशाख २२ सम्मका कार्यक्रम सार्वजनिक गरेको थियो। 

नयाँ कार्यतालिका अनुसार अब २०८१ वैशाख १० गते संघीय सरकारमा मागपत्र पेस गर्ने, १४ गते प्रदेश सरका र जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित प्रदेश र जिल्लाका मागपत्र बुझाउने, वैशाख २२ र २३ गते  पालिका र वडा कार्यालयहरुमा सम्बन्धित पालिका र वडाका मागपत्र बुझाउने र २५ गते दोस्रो चरणका कार्यक्रम घोषणा गरिनेछ।

निक गरेको कार्यक्रमअनुसार वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेस गर्ने रहेको थियो भने वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो। 

Ncell 2
Ncell 2

त्यस्तै वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापन पत्र पेस गर्ने कार्यक्रम राखेको थियो। सो पार्टीले वैशाख २५ गते दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका भने यथावत् राखेको छ।

akikrit-samajbadi_xChZpZ0Hu9-1734359591.webp

US-1-scaled-1744185923.jpg

shivam cement
shivam cement

US-2-scaled-1744185923.jpg

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट