काठमाडौं। गृहमन्त्री रमेश लेखकले प्रमुख जिल्ला अधिकारीहरुसहित मन्त्रालयका विभागीय प्रमुखहरुलाई असल व्यवहारका साथ सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।

आज बसेको ‘भर्चुअल’ बैठकमा मन्त्री लेखकले सेवा प्रवाहसँग असल व्यवहार, बानी र वचन जोडिएको बताए। ‘सेवा प्रवाहको विषय असल वचनसँग जोडिएको हुन्छ’, उनले भने, ‘सेवाग्राहीसँग असल व्यवहार, नम्र र शिष्ट रुपमा प्रस्तुत हुन थप बजेट आवश्यक पर्दैन।’ उनले सीमित स्रोतसाधन, जनशक्ति र भौतिक पूर्वाधार अभावकाबीच काम गर्नुपरेको बताए।
‘सेवा प्रवाह सुधारको विषय पहिलो नम्बरमा राखेर काम गर्नुहोला’, उनले भने, ‘अरुको सेवा प्रवाहको अनुगमन गर्ने दायित्व पनि हाम्रो हो।’ कार्यसम्पादनमा ध्यान दिन आग्रह गर्दै उनले सेवा प्रवाह सुधारका साथै हेल्पडेस्क र टोकन प्रणाली कार्यान्वयनमा जोड दिए।
बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, विभिन्न विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीले आफ्ना धारणा राखेका थिए।

सामाग्री श्रोत :