२०८२ बैशाख ५ शुक्रबार
२०८२ बैशाख ५ शुक्रबार

हजुरआमाको चप्पल खोज्न नदीमा पसेका दिदीभाइको शव गोताखोरले टोलीले निकाल्यो

काठमाडौँ – पूर्वी नवलपरासीस्थित नारायणी नदीमा डुबेका दुई बालबालिकाको शव सशस्त्र प्रहरीको गोताखोर टोली निकालेको छ। 

जिल्लाको गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा बेपत्ता भएका सोही ठाउँ बस्ने १३ वर्षीय दीक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वपनिल सेर्पुञ्जाको शव बुधवार निकालिएको हो। 

पूर्वीनवलपरासीको गैँडाकोट नगरपालिका-१ स्थित नारायणी नदीमा मंगलबार साँझदेखि उनीहरू हराएका थिए।

Ncell 2
Ncell 2

हजुरआमासँगै ब्रिटिसक्याम्प गएका उनीहरूको हजुरआमाको चप्पल नदीमा खसेको र चप्पल खोज्न भन्दै नदीमा हेलिएका थिए। भंगालोमा परेपछि उनीहरू बाहिर निस्कन सकेनन्।

उनीहरूको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नंं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भूपबहादुर बुढाथोकीको कमान्डमा गोताखोरसहितको टोली खटिएको थियो।  

shivam cement
shivam cement

स्वपनिलको शव ३५ फिट गहिराइबाट बिहान ११ः ३० बजे र दिक्षाको शव  ५० फिट गहिराइबाट अपराह्न १२ः ३० बजे निकालिएको सशस्त्र प्रहरीले जनाएको छ। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट