काठमाडौं– राजावादी आन्दोलनका क्रममा तीनकुनेमा भएको उपद्रवबारे छानबिन गर्न नागरिक स्तरमा छानबिन आयोगको गठन गरिएको छ । वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजकत्वमा आयोग गठन गरिएको हो ।

चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियानका नाममा जनप्रदर्शन तथा सभाको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रदर्शनकारीले अराजकता मच्चाएको आरोप सरकारले लगाएको छ भने प्रहरीले नै सभामा टियरग्यास हानेर हिंसा भड्काएको दाबी आन्दोलनकारीले गरेका छन् ।
सो घटनाका विषयमा उच्चस्तरीय छानविन आयोग गठनको माग उठिरहेको भएपनि सरकारले चासो दिएको छैन । राष्ट्रिय मानवअधिकार आयोगले समेत यो विषयमा उदासिनता देखाएपछि नागरिकस्तरमा आयोग गठन गरिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

सामाग्री श्रोत :
नेपाललाइभ