२०८२ बैशाख ५ शुक्रबार
२०८२ बैशाख ५ शुक्रबार

नेपाली सडकमा गुड्न थाले ५०० बढी नामी ईभी

काठमाडौं । नामी ब्रान्डका ५०० भन्दा बढी विद्युतीय सवारी (ईभी) नेपालका सडकमा गुड्न थालेका छन् । हालै एक विज्ञप्ति जारी गर्दै कम्पनीले नेपाली बजारमा यो आँकडा पूरा भएको जानकारी दिएको हो ।

किफायती मूल्यमा ईभी उपलब्ध गराउने लक्ष्यसहित कम्पनीले विभिन्न मोडेल नेपालमा भित्र्याएको छ । कम्पनीका अनुसार, यी मोडेलले विद्युतीय सवारी महँगो हुन्छ भन्ने सोचलाई परिवर्तन गरिदिएको छ । साथै, प्रविधिको व्यावहारिक प्रयोगमा जोड दिँदै उपभोक्तालाई सहज अनुभव प्रदान गरिएको कम्पनीको भनाइ छ ।

“नामी ईभीमा आधुनिक इन्फोटेनमेन्ट प्रणाली, उच्च सुरक्षा सुविधा र कनेक्टिभिटीका फिचरहरू उपलब्ध छन्,” कम्पनीले विज्ञप्तिमा भनेको छ ।

कम्पनीले नामी ईभीलाई लगानीको मूल्य दिने ईभीको रूपमा प्रस्तुत गरेको छ । यसले पेट्रोल वा डिजेलबाट चल्ने गाडीलाई ईभीमा बदल्न चाहने उपभोक्तालाई आकर्षित गर्ने लक्ष्य राखेको छ ।

नामी ईभी नेपालको भिडभाडयुक्त सडकमा चलाउन उपयुक्त हुने गरी डिजाइन गरिएको छ । यसमा राम्रो ब्याट्री लाइफ र आधुनिक डिजाइन रहेको कम्पनीले जनाएको छ ।

यसैबिच नयाँ वर्ष २०८२ को अवसरमा नामी ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्स प्रालिले ‘न्यु इयर, न्यु अफर’ कार्यक्रम सार्वजनिक गरेको छ । कम्पनीले आगामी २९ चैतसम्म देशव्यापी रूपमा एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प सञ्चालन गरिरहेको छ ।

नयाँ अफरअन्तर्गत ग्राहकले पाँच लाख ९९ हजार रुपैयाँदेखि सुरु हुने डाउनपेमेन्टमै गाडी बुकिङ गर्न सक्नेछन् । बुकिङ भएको मितिबाट दुई कार्य दिनभित्र ग्यारेन्टीसहित गाडी डेलिभरी गरिने कम्पनीले जनाएको छ । साथै, यो योजनामा ग्राहकले एक लाख रुपैयाँसम्मको थप लाभसमेत प्राप्त गर्न सक्नेछन् ।

गाडी खरिद प्रक्रियालाई थप सहज बनाउन कम्पनीले अधिकतम ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा पनि उपलब्ध गराउने बताइएको छ । यसले ग्राहकको प्रारम्भिक लगानी घटाउने र सम्पूर्ण खरिद प्रक्रिया सरल बनाउने कम्पनीको विश्वास छ ।

 

पछिल्लो अध्यावधिक: चैत २७, २०८१ ११:५८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट