२०८२ बैशाख ४ बिहीबार
२०८२ बैशाख ४ बिहीबार

म्यानमारमा सहयोग पठाउँदै सरकार

 

काठमाडौं। गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको मानवीय सहायता क्षेत्र गोदामघरको आज साँझ निरीक्षण गरेका छन्।

गोदाघर निरिक्षण पश्चात मन्त्री लेखकले विपद्का बेला सबैले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए। सरकारले विभिन्न निकायमा रहेको मौज्दात राहत सामग्री तथा निजी क्षेत्रबाट संकलित सामग्री बुधबार नेपाल वायुसेवा निगमको चार्टर विमानबाट म्यानमार पठाउँदै छ। गृह मन्त्रालयका अनुसार ती सामग्रीमा खाद्यान्न, औषधि उपकरण, लत्ताकपडा, त्रिपाल, टेन्ट र लत्ताकपडालगायत छन्।

यही चैत १५ गते म्यानमारमा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो। नेपाल सरकारले पठाउन लागेको राहत सामग्री रु दुई करोड ४७ लाख बराबरको ४१ टन रहेको गृह मन्त्रालयले जनाएको छ। यसअघि २०७२ सालमा नेपालमा गएको विनाशकारी भूकम्पका बेला म्यानमारले पनि नेपाललाई सहयोग उपलब्ध गराएको थियो।


सामाग्री श्रोत :

म्यानमारमा सहयोग पठाउँदै सरकार

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट