२०८२ बैशाख ६ शनिबार
LATEST NEWS
२०८२ बैशाख ६ शनिबार

उत्तराखण्ड सरकारले बनायो भूकम्प अघि नै चेतावनी दिने भारतकै पहिलो मोबाइल एप ‘भूदेव’

काठमाडौँ । उत्तराखण्ड प्रदेश सरकारले भारतकै पहिलो भूकम्प जानुअघि चेतावनी दिने मोबाइल एप तयार पारेको छ । उत्तराखण्ड विपद् व्यवस्थापन प्राधिकरण र आईआईटी रुड्कीको संयुक्त प्रयासमा भूदेव नामक भूकम्प पूर्व सूचना दिने एप सार्वजनिक गरिएको हो ।

यो एपले ५ रेक्टर स्केल वा त्यसभन्दा माथिको तीव्रता भएका भूकम्प आउनुअघि नै अलर्ट दिने दाबी गरिएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले यो एप सुरुवात गरेका हुन् । अहिलेसम्म उक्त राज्यमा १७७ सेन्सर तथा १९२ साइरन जडान भइसकेको उल्लेख छ ।

चाँडै नै थप ५०० सेन्सर र १००० साइरन जडान गरिने बताइएको छ । उत्तराखण्ड सरकारले आफ्नो प्रदेशका जनतालाई यो मोबाइल एप अनिवार्य रूपमा डाउनलोड गर्न आग्रह समेत गरेको छ । 

 

पछिल्लो अध्यावधिक: चैत २६, २०८१ १८:४३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट