२०८२ बैशाख ४ बिहीबार
२०८२ बैशाख ४ बिहीबार

शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकलाई फेरि वार्तामा बोलायो

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलरत शिक्षकलाई वार्ता आउन आमन्त्रण गरेको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै वार्ता र संवादमा आउन नेपाल शिक्षक महासंघलाई आग्रह गरेका हुन् ।

यसअघि चैत २१ र २२ गते पनि शिक्षा मन्त्रालयले वार्ताका लागि आह्वान गरेको थियो । शिक्षकले भने वार्ताका लागि सरकारले गरेको आग्रहलाई अस्वीकार गर्दै आएका छन् ।

Ncell 2
Ncell 2

अहिले वार्ता, संवाद आवश्यक नरहेको भन्दै विगतका सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी गर्न महासंघले मन्त्रालयलाई जवाफ पठाएको छ । शिक्षा मन्त्रालयले २१ गते विज्ञप्ति र २२ गते पत्राचार गरेर वार्तामा बोलाएको थियो ।

shivam cement
shivam cement

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री भट्टराईले समेत वार्तामार्फत शिक्षकमा समस्या समाधान गरिने बताएका थिए । प्रवक्ता सापकोटाले २७ गते वार्तामा आउन पुनः विज्ञप्ति जारी गरेका हुन् ।

वार्ता र संवादको समय तालिका आपसी सल्लाहबाट तय हुने समेत विज्ञप्तिमा उल्लेख छ । राहत, अस्थायी, साविक उमावि, बालविकास र विद्यालय कर्मचारी लगायत शिक्षक-कर्मचारीका प्रतिनिधित्व हुने गरी वार्तामा आमन्त्रण गरिएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट