काठमाडौं–शाही युवा शक्ति नेपालमा आबद्ध एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दिलबहादुर श्रेष्ठ छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबु क्षेत्रबाट पक्राउ गरेको हो।
चैत १५ को राजावादी प्रदर्शनमा अराजक जत्था भेला पार्ने काममा सक्रिय भएको आरोपमा उनी पक्राउ परेका हुन् । उनीसँगै प्रदर्शनसँग सम्बन्धित अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले बताएको छ ।
शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का भने यसअघि नै पक्राउ परेर हिरासतमा छन्।

चैत १५ को प्रदर्शनलाई उत्तेजित बनाउने दुर्गा प्रसाईंसहितका केही मानिसको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
श्रेष्ठलाई १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाउने तयारी भएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी अंगुर जिसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ