२०८२ बैशाख ३ बुधबार
२०८२ बैशाख ३ बुधबार

नयाँ वर्ष २०८२ मा फुडमाण्डुको अफर, ८२ रुपैयाँमै खाना अर्डर गर्ने अवसर

काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमाण्डुले नयाँ वर्ष २०८२ लक्षित गर्दै ‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन सार्वजनिक गरेको छ । क्याम्पेनअन्तर्गत कम्पनीले ८२ प्रतिशतसम्मको छुटसहित विभिन्न अफर घोषणा गरेको छ ।

आगामी ७ वैशाखसम्म चल्ने क्याम्पेनभर ग्राहकहरूले फुडमाण्डुको मोबाइल एपमार्फत मनपर्ने रेस्टुरेन्टहरूबाट खाना अर्डर गर्दा विभिन्न छुट र अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

फ्ल्यास सेल अफर अन्तर्गत जम्मा ८२ रुपैयाँमा निश्चित खाना अर्डर गर्न सकिनेछ । यस्तै, ‘बाई वन गेट वन’ सहितको ‘डबल द जोय’, क्युरेटेड मिल कम्बो, पार्टी प्याक तथा लोकप्रिय परिकारमा फ्ल्याट छुटको व्यवस्था गरिएको छ ।

‘फुडमाण्डुका साथ, बबाल हुँदैछ वर्षको अन्त्य र सुरुवात’ भन्ने नारासहित सुरु गरिएको यो क्याम्पेनको उद्देश्य नयाँ वर्षलाई रमाइलो बनाउँदै ग्राहकलाई थप सुविधा दिने रहेको कम्पनीले जनाएको छ ।

फुडमाण्डुकी ब्रान्ड एन्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन्, “नयाँ वर्ष भनेको रमाइलो गर्ने समय हो, र हरेक रमाइलो पलमा खानाको विशेष भूमिका रहन्छ । क्याम्पेनमार्फत उत्कृष्ट खानासँगै विशेष अफर प्रदान गरेर ग्राहकको नयाँ वर्षलाई स्मरणीय बनाउन खोजिएको हो ।”

कम्पनीले देशका प्रमुख सहर काठमाडौं, पोखरा, चितवन र बुटवलमा सेवा विस्तार गरिसकेको र १,००० भन्दा बढी रेस्टुरेन्ट नेटवर्कका साथ डेलिभरी सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: चैत २६, २०८१ ९:६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट