२०८१ चैत्र २६ मंगलवार
२०८१ चैत्र २६ मंगलवार

साउदीले लगायो भारतसहित १४ देशका नागरिकको भिसा प्रतिबन्ध

रियाद– साउदी अरबले भारत, पाकिस्तानसहित १४ देशका नागरिकहरुलाई भिसा प्रिबन्ध लगाएको छ ।

आगामी हज यात्रालाई लक्षित गर्दै भीड व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्नका लागि यी देशका नागरिकहरुलाई उमरा, व्यापारिक तथा पारिवारिक भ्रमणका लागि भिसा प्रदान गर्न अस्थायी रुपमा रोक लगाएको हो ।

भिसा प्रतिबन्धको सूचीमा भारत, बङ्गलादेश, पाकिस्तान, इजिप्टलगायतका मुलुकहरू परेका छन् । समाचार अनुसार यो प्रतिबन्ध २०२५ को हज यात्रा सकिएर जुन महिनाको मध्यसम्म कायम रहनेछ ।

Ncell 2
Ncell 2

प्रतिबन्धित १४ देशहरूमा अल्जेरिया, बङ्गलादेश, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इराक, जोर्डन, मोरोक्को, नाइजेरिया, पाकिस्तान, सुडान, ट्युनिसिया र यमन रहेका छन्।

साउदी अधिकारीहरूका अनुसार, अप्रिल १३, २०२५ (चैत्र ३०, २०८१) सम्म मात्र उमरा भिसा प्रदान गरिनेछ । त्यसपछि नयाँ भिसा यो सूचीमा रहेका देशका नागरिकहरूलाई हज सकिएपछि मात्र जारी गरिनेछ ।

shivam cement
shivam cement

साउदी सरकारको यो निर्णय हज अवधिभरको अत्यधिक भीड व्यवस्थापन तथा सुरक्षा उपायहरूलाई ध्यानमा राखेर लिइएको बताइएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट