२०८१ चैत्र २६ मंगलवार
२०८१ चैत्र २६ मंगलवार

भिडिओ फुटेजका आधारमा पक्राउ परे जडिबुटी कारखानामा आगजनी गर्ने कुमार तामाङ

काठमाडौं । जडिबुटीस्थित उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवनमा आगजनी गरेको आरोपमा सिन्धुपाल्चोकका कुमार तामाङ पक्राउ परेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओ फुटेजको आधारमा प्रहरीले २७ वर्षीय तामाङलाई पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अंगुर जीसीले सोमबार बिहान जडिबुटी चोकबाट तामाङलाई पक्राउ गरिएको जानकारी दिए । भिडिओ विश्लेषणकै आधारमा तामाङ सोही दिन तीनकुनेको ट्राफिक लाइट तोडफोड घटनामा संलग्न रहेको खुलेको एसपी जीसीले बताए । 

पेशाले डेलिभरी भ्यान चालक रहेका तामाङ केही वर्षदेखि काठमाडौं बस्दै आएका थिए । प्रारम्भमा घटनामा संलग्नता अस्वीकार गरेपनि तोडफोड र आगजनीको भिडिओ देखाएपछि उनले आफ्नो संलग्नता रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

विस्तृत अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको एसपी जीसीले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: चैत २५, २०८१ १८:१९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट