२०८२ बैशाख ४ बिहीबार
२०८२ बैशाख ४ बिहीबार

तीनकुने घटना: पत्रकार सुरेश रजक जलेको घरको भाइरल भिडिओमा देखिएकी एनी कुँवर पक्राउ

काठमाडौं । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा एनी कुँवर पक्राउ परेकी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार ललितपुरबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा कुँवर पत्रकार सुरेश रजक जलेको घरको भर्‍याङबाट ओर्लिरहेकी देखिन्छिन् । उक्त घटनामा संलग्नता रहेको आशङ्कामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जीसीले अर्काको घरमा अनधिकृत प्रवेश गरेको तथा अपराधमा संलग्नता भएको हुनसक्ने आशङ्कामा कुँवरलाई पक्राउ गरिएको टेकपानालाई बताए ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न सक्रिय अनुसन्धान जारी राखेको उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: चैत २५, २०८१ १६:२६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट