२०८२ भाद्र २६ बिहीबार
LATEST NEWS
२०८२ भाद्र २६ बिहीबार

२६७० अंकमा झर्‍यो सेयर बजार, साताको पहिलो कारोबारमा भारी गिरावट

काठमाडौं – सोमबार सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ। 

२७०३ अंकबाट खुलेको बजार बन्द हुँदा ३३.३३ अंक घटेर २६७० मा कायम भएको छ।

कुल २३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो। बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ७ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६५ करोडमा खुम्चियो।

Ncell 2
Ncell 2

सबै सेक्टरका सूचक घटेका छन्। व्यापार सबैभन्दा धेरै ३.१ प्रतिशत घट्यो। बैंकिङ ०.९७, विकास बैंक १.११, होटल तथा पर्यटन १.३५, फाइनान्स २.२६, हाइड्रोपावर १.३७, लगानी १.६९, जीवन बीमा ०.८३, उत्पादन १.४२, माइक्रोफाइनान्स १.०३, निर्जीवन बीमा १.२२ र अन्य ०.४४ प्रतिशत घटे।

बलेफी हाइड्रोपावर कम्पनीको मूल्य सबैभन्दा धेरै ७.४६ प्रतिशत बढ्यो। त्यस्तै बुटवल पावरको ६.६३, सिन्धु विकास बैंककोे ६.४४ तथा उन्नति सहकार्य लघुवित्तको ६.११ प्रतिशत बढ्यो।

shivam cement
shivam cement

अपरहेवाखोलाको मूल्य सबैभन्दा धेरे ९ प्रतिशत घट्यो। हिमालयन पावर पार्टनरको ४.३२, समृद्धि फाइनान्सको ४.०१, प्रतिशत घट्यो।

हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, राधि विद्युत् र हिमालयन पावर पार्टर कारोबारका आधारमा क्रमशः शीर्ष पाँच कम्पनीभित्र परे।

देशको वित्तीय संस्थाको प्रमुख नियमक निकाय नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति हुन नसक्दा सेयर बजारमा राताम्मे हुन पुगेको हो। यसैबीच सरकारले कामु गभर्नरमा निलम ढुंगानालाई जिम्मेवारी दिएको छ। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट