२०८१ चैत्र २७ बुधबार
२०८१ चैत्र २७ बुधबार

सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सम्पूर्ण नेपाललाई खुला संग्रहालयको रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

आइतबार ललितपुर महानगरपालिका-१६ पाटन दरबारस्थित पुनर्निर्माण सम्पन्न देगुतलेजु मन्दिरको समुद्घाटन समारोहमा बोल्दै मन्त्री पाण्डेले नेपालमा रहेको विविधतापूर्ण संस्कृति र प्रकृति विश्वभर प्रचार गर्नु आजको आवश्यकता भएको बताए।

‘नेपालमा हिमाल, पहाड र तराई मात्र होइन, ६०-७० मिटर उचाइमा रहेको केचनकवलदेखि अग्ला हिमालसम्म, जडीबुटी, वनजंगल, नदी, ताल, झरनाले भरिएको विविधतापूर्ण प्राकृतिक सौन्दर्य छ,’ मन्त्री पाण्डेले भने, ‘यसलाई वैश्विक स्तरमा प्रचार र ब्राण्डिङ गरेर नेपाललाई प्राकृतिक गन्तव्य तथा संस्कृतिक धरोहरको खुला संग्रहालयका रूपमा स्थापित गर्न सकिन्छ।’

Ncell 2
Ncell 2

मन्त्री पाण्डेले हिमालदेखि तराईसम्म फैलिएको भूगोल, विभिन्न जातजाति र भाषाभाषिको सांस्कृतिक विविधता, साथै चाडपर्व, भेषभूषा र परिकार लगायतका अभौतिक सम्पदाहरूलाई जोगाउँदै सार्वजनिक चेतना र भूमिकाको खाँचो रहेको बताए।

‘हामी केवल भौतिक सम्पदा मात्र होइन, अभौतिक सम्पदाको संरक्षण पनि उत्तिकै महत्वपूर्ण छ’ उनले भने, ‘हाम्रो भाषागत, भेषभूषा, पर्व, परिकार, जीवनशैली सबै आफैंमा अनुपम छन्, जसले पर्यटकलाई लोभ्याउन सक्छ।’

shivam cement
shivam cement

मन्त्री पाण्डेले नेपालको सम्पदा, संस्कृति, प्रकृति र परम्पराहरूलाई स्थानीय तहमा संरक्षण र विश्वस्तरमा प्रचार गर्न सकिएमा देशले दिगो पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सक्ने विश्वास व्यक्त गरे।

‘नेपाल विविधतामा एकता देखाएको राष्ट्र हो, र त्यसलाई पर्यटनको माध्यमबाट विश्वमाझ परिचित गराउने ऐतिहासिक अवसर अहिलेको पुस्ताले उपयोग गर्नुपर्ने समय आएको छ,’ उनले भने।
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट