२०८२ असार २८ शनिबार
LATEST NEWS
२०८२ असार २८ शनिबार

विद्यालय शिक्षा ऐन जारी गर्न सिठ्ठी फुक्दै शिक्षकहरुले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं–शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुस निकालेका छन्।

केही दिनयता काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरुले आज काठमाडौंको माइतीघरमा सिटी जुलुस निकालेका हुन्।

Untitled-design-(14)-1743926520.png
 

उनीहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म सिटी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन्।

विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलन शिक्षकहरुले आज सिठ्ठी बजाएर विरोध प्रदर्शन गरेका हुन्। सरकारलाई ध्यानाकर्षण गराउन विरोध स्वरुप उनीहरुले र्‍यालीको क्रममा सिठ्ठी फुकेर आन्दोलन गरेको बताएका छन्।

Ncell 2
Ncell 2

Untitled-design-(13)-1743926520.png
 

त्यस्तै नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलन जारी छ। उनीहरुले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेको छ।

शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन चार दिनदेखि आन्दोलनरत महासंघले शैक्षिक हड्ताल घोषणा गरेको हो। देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन महासंघले आह्वान गरेको छ।

shivam cement
shivam cement

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन्।

Untitled-design-(16)-1743926530.png
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट