२०८१ चैत्र २६ मंगलवार
२०८१ चैत्र २६ मंगलवार

वर्ल्डलिंकको इन्टरनेट स्लो चलिरहेको छ ? यस्तो छ कारण

काठमाडौँ । देशकै ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनीको इन्टरनेटमा समस्या देखिएको छ । आइतबार दिउँसोदेखि कम्पनीको इन्टरनेट स्लो हुने समस्या देखिएको हो ।

कम्पनीले एक सूचना जारी गर्दै अपस्ट्रिम प्रदायकको नेटवर्कका कारण इन्टरनेट सेवामा समस्या आएको जानकारी दिएको छ । “हाम्रो टिम सकेसम्म छिटो यो समस्या समाधानका लागि काम गरिरहेको छ,” कम्पनीले भनेको छ ।

भारत स्थित अपस्ट्रिम प्रदायकहरूका कारण बेला बेलामा नेपालमा इन्टरनेट सेवा प्रदायकले समस्या झेल्दै आएका छन् । विश्वको इन्टरनेट सञ्जालसँग जोडिन नेपालका सेवा प्रदायकले भारतीय अपस्ट्रिम प्रदायकको नेटवर्क प्रयोग गर्दै आइरहेका छन् । 

पछिल्लो अध्यावधिक: चैत २४, २०८१ १७:२९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट