२०८१ चैत्र २६ मंगलवार
२०८१ चैत्र २६ मंगलवार

आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा सम्मेलन सुरु, १४ देशका विज्ञ काठमाडौंमा

काठमाडौं– आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा क्षेत्रमा नविनतम् प्रविधि प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी सुरु भएको छ । एसिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (आप्सा)ले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा १४ देशका विज्ञ सहभागी छन् ।

नेपालले आयोजना गरेको ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेसनल कन्फरेन्स’ आइतबारबाट सुरु भएको हो । दुईदिनसम्म चल्ने सम्मेलनमा नेपालसहित चीन, हङकङ, इन्डोनेसिया, भारत, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्यान्ड र भियतनामका विज्ञ सहभागी छन् ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालमा आगलागीबाट वनजंगल तथा विभिन्न संरचनाको धेरै क्षति भएको र आधुनिक प्रविधिका माध्यमबाट समस्यालाई रोक्ने प्रयास भएको बताए । ‘नेपाल सरकारले आगलागीबाट हुने जोखिमलाई महत्व दिएर काम गरेको छ तर पनि सरकारसँग दमकलभन्दा अरु विकल्प छैन,’ उनले भने, ‘नेपालको सन्दर्भमा आगलागी न्यूनीकरणका लागि के गर्न सकिन्छ भन्ने कुरा यस सम्मेलनबाट पनि धेरै नै सहयोग हुनेछ भन्ने आशा गरेका छौं । नेपाल सरकारको तर्फबाट, स्थानीय सरकार, प्रदेश सरकारबाट जोखिम न्यूनीकरणका लागि धेरै पहल भइरहेका छन् ।’

Ncell 2
Ncell 2

प्रत्येक वर्ष नेपालमा दोहोरिइरहने आगलागीका घटनाबाट व्यापक जनधनको क्षति हुने गरेको र यस्ता सम्मेलन आवश्यक र प्रभावकारी हुने आप्साका अध्यक्ष सुनिलकुमार श्रेष्ठले बताए । कार्यक्रमका निर्देशक सुरेश श्रेष्ठका अनुसार सम्मेलनले नेपालको सुरक्षा नीतिमा सुधार ल्याउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सम्मेलनमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,नेपाली सेना, ७५३ वटा स्थानीय तहका प्रतिनिधि, निजी क्षेत्रका उद्यमी तथा व्यवसायी र सुरक्षा तथा आगलागी न्यूनीकरणका विज्ञ उपस्थित रहेका छन् ।

shivam cement
shivam cement

सम्मेलनमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, सबै ७५३ वटै स्थानीय तहका प्रतिनिधि, निजी क्षेत्रका अग्रणी उद्योगी तथा व्यवसायी र सुरक्षा तथा आगलागी न्यूनीकरणका विषयमा विज्ञको उपस्थिति रहने आयोजकले जनाएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट