२०८१ चैत्र २६ मंगलवार
LATEST NEWS
२०८१ चैत्र २६ मंगलवार

एडटेक अर्थात् शैक्षिक प्रविधि सम्बन्धी ‘राउन्डटेबल’ हुँदै, अनलाइनबाटै सहभागी हुन सकिने

काठमाडौँ । नेपालको शैक्षिक विकासमा नयाँ आयाम थप्ने उद्देश्यले नोट स्विफ्ट प्रालिले कञ्चनपुरमा ‘एड-टेक राउन्ड टेबल’ आयोजना गर्ने भएको छ । ‘फर दि फ्युचर अफ एजुकेसन इन नेपाल’ भन्ने मूल नाराका साथ २५ चैतका दिन कञ्चनपुरको महेन्द्रनगरमा यस्तो कार्यक्रम हुन लागेको हो । 

यो नै एडटेक सम्बन्धी नेपालकै पहिलो राउन्ड टेबल हुने दाबी आयोजकले गरेको छ । शनिवार आयोजित पत्रकार सम्मेलनमा नोट स्विफ्टले ग्रामीण शिक्षा प्रणालीमा विद्यमान चुनौतीहरू पहिचान गरी नवीन प्रविधिमैत्री समाधानहरू खोज्न यो राउन्ड टेबल आयोजना गर्न लागेको जानकारी दिएको छ । 

कार्यक्रममा नेपालभरका १० जना प्रतिष्ठित शिक्षाविद्हरूको सहभागिता रहने र त्यसले ग्रामीण क्षेत्रको शैक्षिक अवस्थामा सुधार ल्याउने विषयमा गहन छलफल गर्ने बताइएको छ । नोट स्विफ्टका संस्थापक विकास पाण्डेयले यो कार्यक्रम प्रत्यक्ष दर्शकबिना डिजिटल माध्यममा प्रसारण गरिने र यसले नीति निर्माताहरू र शिक्षा प्रवर्द्धकलाई शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्ने लक्ष्य राखेको सुनाए । 

उनले नेपालको ग्रामीण शिक्षा प्रणाली प्रविधिबाट अछुतो रहेको र प्रविधिको सहायताले यी खाडलहरू पूर्ति गर्न सकिने बताए । “हाम्रो मुख्य उद्देश्य ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच बढाउन र गुणस्तर सुधार गर्न प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नु हो,” पाण्डेयले भने, “यो राउन्ड टेबलले नीति निर्माता, शिक्षाविद, र प्रविधि विशेषज्ञहरूलाई एकसाथ ल्याएर शिक्षा क्षेत्रमा नवीन समाधानहरू खोज्न मद्दत गर्नेछ।”

नोट स्विफ्ट एक एड-टेक कम्पनी हो ।  जसले एआई, रोबोटिक्स र डिजिटल शिक्षालाई प्रवर्द्धन गर्दै गुणस्तरीय शिक्षा सबैलाई उपलब्ध गराउने लक्ष्य राखेको छ । 

पछिल्लो अध्यावधिक: चैत २४, २०८१ १८:३९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट