२०८१ चैत्र २६ मंगलवार
LATEST NEWS
२०८१ चैत्र २६ मंगलवार

अब नागरिक एपबाटै ट्राफिकको सचेतना कक्षा लिन मिल्ने, मापसे पर्दा लज्जित हुनेहरूलाई राहत

काठमाडौँ । अब नागरिक एपबाटै ट्राफिक प्रहरीको सचेतना कक्षा लिन मिल्ने भएको छ । नेपाल प्रहरी, नागरिक एप र ज्ञान बजार प्रालिको सहकार्यमा अबको केही सातामा यो सेवा सुरु हुन लागेको हो ।

यसका लागि सफ्टवेयर नागरिक एपमा लिङ्क गरी आन्तरिक परीक्षण समेत सम्पन्न भइसकेको बताइएको छ । सफ्टवेयर भने ज्ञान बजार प्रालिले तयार पारेको हो, एडटेक क्षेत्रको उक्त कम्पनीले नेपालका विश्वविद्यालयहरूमा लाइब्रेरी व्यवस्थापन सम्बन्धी सफ्टवेयर समेत उपलब्ध गराउँदै आएको छ ।

नागरिक एपमा ट्राफिकको सचेतना कक्षा लिन मिल्ने गरी प्राविधिक तयारी पुरा भएको ट्राफिक प्रहरीका एक अधिकृतले जानकारी दिए । नागरिक एपमा अनलाइन कक्षा लाइभ गर्न सकिने गरी अपडेट समेत पठाइ सकिएको बताइएको छ ।

१ वैशाखदेखि यो सेवा सुरु गर्ने योजना रहेको भए पनि थप केही समय लाग्ने बुझिएको छ । पछिल्लो पटक १० वैशाखमा सेवा सुरुवात गर्ने लक्ष्यका साथ तयारी चलिरहेको उल्लेख छ । सेवा सुरु भए पश्चात् नागरिक एपका साथै नेपाल प्रहरीको एपबाट समेत सो कक्षा लिन सकिनेछ ।

सम्बन्धित व्यक्तिको भेरिफिकेसनको काम समेत नागरिक एपले नै गर्नेछ । जसका लागि व्यक्तिको नाम र मोबाइल नम्बर नागरिक एपले भेरिफाई गर्नेछ भने ट्राफिक नियम उलङ्घन तथा चिट नम्बर नेपाल प्रहरीको सिस्टमबाट लिइनेछ ।

ट्राफिक सचेतना कक्षा समेत शिक्षासँग सम्बन्धित विषय नै भएकाले यसमा ज्ञान बजार जोडिएको हो । कम्पनीको एआई डिटेक्सन प्रविधिले ६० सेकेन्डभन्दा बढी समय अनलाइन कक्षामा बसे नबसेको यकिन गर्नेछ भने सम्बन्धित भन्दा अर्को व्यक्ति बसेको कुरा समेत पहिचान गर्न सक्नेछ । ट्राफिक प्रहरी प्रधान कार्यालय बग्गीखानामा एक कार्यक्रम आयोजना गरी अनलाइन सचेतना कक्षाको सुरुवात गर्ने तयारी छ । 

पछिल्लो अध्यावधिक: चैत २४, २०८१ १९:१०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट