२०८१ चैत्र २६ मंगलवार
LATEST NEWS
२०८१ चैत्र २६ मंगलवार

हामीले राजावादी वितण्डाको विरोध गर्दा सरकारलाई राहत मिले जस्तो भएको छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी वितण्डाको विरोध गर्दा सरकारलाई राहत मिलेको जस्तो देखिए पनि त्यसमा सत्यता नभएको बताएका छन् ।

नेवा राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले सरकारकै कारण प्रतिगामीहरूले टाउको उठाउन खोजेको बताए ।

‘अहिले प्रतिगामीहरूले टाउको उठाउन खोजिरहेका छन्, यसको एउटा मुख्य कारण हो–एमाले नेतृत्वको कांग्रेस समेतको गठबन्धन सरकारले भ्रष्टाचारीहरूको पक्षमा लिएका गतिविधि, कामकारबाही र निर्णयहरू हुन् । राम्रो काम गर्ने जतिलाई लखेट्ने, नराम्रो काम गर्नेलाईं पुरस्कृत गर्ने । आफ्ना जतिसुकै भ्रष्ट भए पनि तिनको रक्षा गर्ने, अरूको जतिसुकै राम्रा भएपनि लखेट्ने अपनाएको छ यो सरकारले,’ उनले भने ।

Ncell 2
Ncell 2

सुशासन, समाजानिक न्याय र आर्थिक समृद्धिको पक्षमा काम गर्दागर्दै दलाल, बिचौलिया र नोकरशाहीतन्त्रको भरमा आफू नेतृत्वको सरकारलाई विस्थापित गरेको उनको भनाइ थियो ।

गैरलोकतान्त्रिक, असंवैधानिक, अपारदर्शी गतिविधि गरेकै कारण वर्तमान सरकारप्रति जनतामा निकै ठूलो आक्रोश रहेको उनले बताए ।

shivam cement
shivam cement

जनतामा आक्रोश देखिएकै बेला धमिलो पानीमा माछामार्ने ढंगले तथाकथित राजावादीहरूले प्रतिगमनकारी क्रियाकलाप बढाएको उनको भनाइ छ ।

‘हामी केपी ओलीविरुद्धको संघर्ष केन्द्रित गर्दै थियौं । त्यो दिन राजावादीहरूको वितण्डाको विरोध गर्नेपर्ने भयो । त्यो वितण्डाको विरोध गर्दा सरकारलाई राहत मिलेको जस्तो देखिएको छ । जनविरोधी सरकारकै कारण प्रतिगमीले टाउको उठाउने मौका पाएको हो । त्यसका कारण सरकारप्रति नरम हुने कुरै भएन,’ प्रचण्डले भने ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट