२०८१ चैत्र २५ सोमबार
२०८१ चैत्र २५ सोमबार

जीएसी आयोन भीमा आधारित टोयोटाको नयाँ ईभी, माग बढ्दा सर्भर नै क्र्याश

काठमाडौँ । जापानी अटोमोटिभ कम्पनी टोयोटाले आफ्नो तेस्रो इलेक्ट्रिक सवारीको रूपमा बीजेडथ्रीएक्स (bZ3X) एसयूभी केही समय आगाडि चीनमा सार्वजनिक गरेको थियो । उक्त नयाँ मोडेल चीनको जीएसी ग्रुप र टोयोटा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको संयुक्त लगानीमा विकास गरिएको हो ।

टोयोटाको ब्रान्ड रहेको भए पनि बीजेडथ्रीएक्स विशेष गरी जीएसी आयोन भीमा आधारित छ । यसको साइज, मोटर, र ड्राइभट्रेन समान रहेको छ भने ब्याट्री प्रविधि भने फरक छ । पाँच ढोका र पाँच सिट क्षमताको यो ईभीको लम्बाइ ४,६०० मिमि, चौडाइ १,८५० मिमि, उचाइ १,६०० मिमि र ह्विलबेस २,७६५ मिमि रहेको छ । कम्पनीको दाबी अनुसार, बीजेडथ्रीएक्समा प्रयोग भएका ६५ प्रतिशत पार्ट्स जीएसी सप्लायर्सबाट आपूर्ति गरिएका हुन् ।

चीनमै उत्पादन गरिएको यो गाडी टोयोटा र जीएसीको संयुक्त परियोजनामा बनेको हो । यस गाडीको विक्रि सुरु भए लगत्तै एक घण्टामै १०,००० भन्दा बढी अर्डर प्राप्त भएको र त्यसै कारण टोयोटाको सर्भर नै क्र्याश समेत भएको बताइएको छ ।

नेपालमा सीजी मोटर्स जीएसी आयोन ब्रान्डको आधिकारिक वितरकको रूपमा रहेको छ । यस अन्तर्गत आयोन वाई र आयोन भी जस्ता विभिन्न विद्युतीय गाडीहरू उपलब्ध छन् । नेपालमा एसयूभी गाडीप्रतिको माग बढ्दै गएको अवस्थामा सीजी मोटर्सले आयोन भी दुई महिनाअघि नेपाली बजारमा सार्वजनिक गरेको थियो ।

आयोन भीको लम्बाइ ४,६०५ मिमि, चौडाइ १,८५४ मिमि, उचाइ १,६६० मिमि, ग्राउण्ड क्लियरेन्स १८५ मिमि र ह्विल साइज १९ इन्च रहेको छ । मल्टी-स्पोक आल्मुमिनियम ह्वील रहेको यो गाडीको भित्री डिजाइन लक्जरी अनुभव दिने किसिमको छ ।

अगाडिका सिटहरूमा लेदर सामग्री प्रयोग गरिएको छ । जसमा तातो र चिसो दुवै गर्न सकिने सुविधा छ । लक्जरी भेरियन्टमा स्मार्ट रेफ्रिजरेटर र फुड वार्मरको सुविधा पनि दिइएको छ । पानोरोमिक ग्लास रुफले गाडीको केबिनलाई खुला र आनन्ददायी बनाउँछ । सुरक्षाका हिसाबले यसमा ७ ओटा एयरब्याग उपलब्ध छन् । आयोन भीको सुरुवाती मूल्य ६४ लाख ९९ हजार रहेको छ ।

पछिल्लो अध्यावधिक: चैत २४, २०८१ १३:४९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट