२०८१ चैत्र २५ सोमबार
२०८१ चैत्र २५ सोमबार

काठमाडौंको वायु प्रदूषण निकै खराब अवस्थामा, स्वास्थ्य सावधानी अपनाउन अनुरोध

काठमाडौं – विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं आइतबार (आज) दोस्रो स्थानमा छ।काठमाडौंको वायुको गुणस्तर एक्यूआई यो समाचार तयार पार्दासम्म २३१ रहेको छ। जुन स्वास्थ्यका हिसाबले एकदमै खराब हो। प्रदूषित शहरको शीर्ष स्थानमा भारतको दिल्ली छ। दिल्लीको एक्यूआई २९१ रहेको छ। एक्यूआई २०० भन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ। गएको आइतबाारदेखि नेपाल प्रदूषित शहरको अग्रस्थानमा पर्दै आएको छ। शनिबार काठमाडौँ विश्वकै प्रदूषित सहरको शिर्ष स्थानमा थियो। वायु प्रदूषण निकै खतराको अवस्थामा रहेकाले यसबाट बच्न सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भए मास्कको प्रयोग गर्न अनुरोध गरेको छ। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ।यस्तै, ५१ देखि १०० मध्यम, १०१ देखि १५० सम्म हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ, ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ। 
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट