२०८२ असार २० शुक्रबार
२०८२ असार २० शुक्रबार

रवि पक्राउपछि एमाले महासचिवको प्रश्न-आफ्ना पालामा सुधार किन नगरेको?

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानुन सबैको लागि बराबर हुने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अदालतले थुनामा राख्ने आदेश दिएपछि शुक्रबार राति लामिछानेलाई प्रहरी घरमा नै गएर पक्राउ पुर्जी काटेको विषयलाई लिएर रास्वपाका नेताहरूले षड्यन्त्र भएको लगायतका टिप्पणी गरेपछि महासचिव पोखरेलले प्रहरीको पक्राउ पुर्जी काट्ने रीतिथिति लामिछाने गृह मन्त्री हुँदा पनि त्यस्तै भएको बताएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले गृह मन्त्री भइसकेका लामिछाने र रास्वपा नेताहरू यस विषयमा जानकार नै भएका उल्लेखसमेत गरेका छन्। आफूलाई पर्दा मात्र सुधारको खोजी गर्नुको कुनै अर्थ नहुने उनले स्पष्ट पारेका छन्।
‘प्रहरीको पुर्जी काट्ने ‘रीति र थिति’ रवीजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने रास्वपाका नेताहरूलाई थाहा नहुने कुरै भएन, तर पनि सुधारको खोजी यस्तै वेलामा हुने त हो नि’, पोखरेलले लेखेका छन्।

रास्वपा सभापति रवि लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा उच्च अदालतले थुनामा राखेर कारबाही अघि बढाउन शुक्रबार आदेश दिएको थियो। यस अघि जिल्ला अदालतले धरौटीमा छाड्ने गरी दिएको आदेशलाई उल्टाउँदै उच्च अदालतले सो आदेश दिए लगत्तै शुक्रबार साँझ लामिछानेलाई प्रहरीले बुढानीलकण्ठ स्थित उनको घरबाट नै पक्राउ गरेको हो।


सामाग्री श्रोत :

रवि पक्राउपछि एमाले महासचिवको प्रश्न-आफ्ना पालामा सुधार किन नगरेको?

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट