२०८१ चैत्र २३ शनिबार
२०८१ चैत्र २३ शनिबार

स्वच्छ हावा:  विलासिता होइन, अनिवार्य आवश्यकता

वायु प्रदूषण एक पर्यावरणीय स्वास्थ्य खतराको रूपमा छ, जुन प्राय देखिदैन तर हाम्रो स्वास्थ्यका लागि एक गम्भीर खतरा हो। पछिल्लो वर्षमा नेपालमा वायु प्रदूषण एक गम्भीर सार्वजनिक स्वास्थ्य जोखिम बनेको छ, जहाँ प्रदूषणको स्तर सिफारिस गरिएको सीमाभन्दा ४.९ गुणा बढी छ।काठमाडौंको खराब वायु गुणस्तरले लाखौं स्थानीयमा विभिन्न स्वास्थ्य समस्याहरूको जोखिम बढाएको छ, जसको प्रभाव अल्पकाल र दीर्घकालमा पर्नेछ।तत्कालीन अवधिमा खराब वायु गुणस्तरले निमोनिया, ब्रोन्काइटिस  (फोक्सोको बायुमार्ग सुन्निने), कंजक्टिवाइटिस (आँखा पाक्ने), छालाको एलर्जी, स्ट्रोक र हृदय समस्याहरूको कारण बन्न सक्छ। दीर्घकालीन रूपमा यसले अल्सर, फोक्सो र आन्द्राको क्यान्सर, मिर्गौला रोग र दीर्घकालीन हृदय समस्याहरूको कारण बनाउँछ। विश्व स्वास्थ्य संगठनले नेपालमा वायु प्रदूषणलाई मृत्यु र अपांगतासँग सम्बन्धित प्रमुख जोखिमको रूपमा पत्ता लगाएको छ।वायु गुणस्तर बिग्रनाले केवल सार्वजनिक स्वास्थ्यलाई मात्र असर नगरेर उत्पादनशीलतामा कमी र स्वास्थ्य स्रोतहरूको अत्यधिक प्रयोगका कारण देशको अर्थतन्त्रमा पनि ठूलो भार पारिरहेको छ। साथै वायु प्रदूषणका स्वास्थ्य प्रभावको मूल्याङ्कन गर्नको लागि पर्याप्त तथ्यांक उपलब्ध छैन र यस पर्यावरणीय चुनौतीको समाधानका लागि आवश्यक उपायहरूको कमी छ।गर्मी मौसमको कारणले यो समस्या अझ गम्भीर बनेको छ, जसले आगामी दिनहरूमा बन आगलागीको घटनाहरू बढाउनेछ। नेपालमा गर्मी मौसममा बन डढेंलो लाग्ने कुरा सामान्य हुन्छ, जुन चैत बैशाख महिनामा चरम सीमामा पुग्छ। यी आगलागीहरू लगातार धुँवा र कुहिरोले  भिजिबिलिटी घटाउँछ र हवाइ यात्रामा पनि असर पुर्‍याउँछ।विश्वव्यापी रूपमा वायु प्रदूषण प्रत्येक वर्ष ६.५ मिलियन मान्छेको मृत्युको कारण बनिरहेको छ र यो संख्या पछिल्ला दुई दशकमा अझ बढेको छ। वायु प्रदूषण मानवीय कारण र प्राकृतिक स्रोतहरूबाट उत्सर्जित खतरनाक पदार्थहरूको मिश्रण हो।मानवीय कारणयातायातसँग सम्बन्धित वायु प्रदूषण, सवारी साधनका उत्सर्जन, इन्धन तेल र प्राकृतिक ग्याँसको प्रयोग, उद्योग र शक्ति उत्पादनका उत्सर्जनहरू, विशेष गरी कोइला द्वारा संचालित पावर प्लान्टहरूरासायनिक उत्पादनका धुँवाहरूप्राकृतिक स्रोतहरू जंगली आगलागीको धुँवा (प्राय मानिसद्वारा  लगाइने गरेको)ज्वालामुखी विस्फोटबाट निस्कने ग्यासमाटोमा बिघटन भइरहेको कार्बनिक पदार्थबाट उत्सर्जन हुने मिथेन ग्यासवायु प्रदूषणका स्वास्थ्य प्रभावहरूवायु प्रदूषणका कारण विभिन्न गम्भीर स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छ:स्वासप्रश्वास समस्याहरू: दम, ब्रोन्काइटिस, क्रोनिक अप्स्ट्रक्टिव पल्मोनरी डिजीज हृदय र रक्तनलीका रोगहरू: हृदय आक्रमण, स्ट्रोक र उच्च रक्तचापको जोखिमक्यान्सर: दीर्घकालीन प्रदूषणको कारण फोक्सो र आन्द्राको क्यान्सर हुन सक्छमृत्युदरमा वृद्धि: वायु प्रदूषण मृत्यु र अपांगताका प्रमुख कारणहरू मध्ये एक होअसुरक्षित समूहहरू: बालबालिका, वृद्धवृद्धा र पहिले नै स्वासप्रश्वास वा हृदय रोग भएका व्यक्तिहरू विशेष रूपमा संवेदनशील छन्अन्य स्वास्थ्य समस्याहरू: आँखा पोल्ने, छालाको एलर्जी र मानसिक स्वास्थ्य समस्याहरूव्यावसायिक जोखिम: यातायात, निर्माण र इट्टा भट्ठामा काम गर्ने व्यक्तिहरूको लागि बढी जोखिमआयुमा कमी: एयर क्वालिटी लाइफ इंडेक्स अनुसार काठमाडौं उपत्यकामा वायु प्रदूषणले नेपालीहरूको जीवनलाई लगभग पाँच वर्ष छोटो बनाएको छ वायु प्रदूषणका वातावरणीय प्रभावहरूअम्लीय वर्षा: पारिस्थितिक प्रणाली, बालीनाली र पूर्वाधारमा क्षति पुर्याउँछजलवायु परिवर्तन: तापक्रमको वृद्धि, अत्यधिक मौसम घटनाहरू र समुन्द्रको सतहको वृद्धिओजोन तहको कमी: केही प्रदूषक पदार्थहरू, जस्तै क्लोरोफ्लोरोकार्बनले ओजोन तहलाई नष्ट गर्न सक्छन्पारिस्थितिक प्रणाली नोक्सान: वायु प्रदूषणले वनस्पति, जनावर र जलजीवनलाई नष्ट गर्न सक्छदृष्टि कमी: वायु प्रदूषणले दृश्यता घटाउँछ, जसले पर्यटन र अन्य क्रियाकलापहरूलाई असर पुर्‍याउँछजोगिने उपायहरुवायु प्रदूषण र यसको प्रभाव कम गर्नका लागि तत्काल कदम चाल्नु आवश्यक छ। केही व्यावहारिक समाधानहरू निम्न हुन्:मास्क लगाउने: विशेष गरी उच्च प्रदूषण दिनहरूमा बाहिर निस्कदा मास्क लगाउनुहोस् र बाहिरका क्रियाकलाप सीमित गर्नुहोस्।सस्तो र दिगो यातायातको प्रयोग र प्रचार गर्नुहोस्: सार्वजनिक यातायात, साइकल चलाउन, हिँड्न प्रोत्साहन गर्नुहोस्।स्वच्छ प्रविधिमा लगानी: विद्युत् सवारी साधन, नवीकरणीय ऊर्जा स्रोत (सोलार, हावा) र वृक्षारोपण जस्ता हरियो संरचनामा लगानी गर्नुपर्छ।फोहोर व्यवस्थापनमा सुधार : फोहोरको उचित व्यवस्थापन गर्नुहोस्, र प्रदूषण कम गर्न पुन प्रयोग गर्न मिल्ने चिजहरु प्रयोग गर्नुपर्छ।हरियो शहर योजना : पैदल र साइकलका लागि उपयुक्त ठाउँ बनाउनुहोस् र शहरहरूमा हरियो क्षेत्रहरू निर्माण गर्न पहल गर्नुपर्छ।उद्योगका उत्सर्जन नियन्त्रण सुधार: उद्योगहरूका लागि कडा उत्सर्जन नियन्त्रण नियम लागू गरिनुपर्छ।सवारी साधनको मर्मत : नियमित सवारी साधन मर्मत र उत्सर्जन परीक्षण सुनिश्चित गरिनुपर्छ।दिगो अभ्यासहरू अपनाउने : स्थानीय र जैविक खाद्य प्रणालीहरूको समर्थन गर्ने र फोहोर लिन आउँदा फोहोरमा दिनको सट्टा जैविक फोहोर कम्पोस्ट गर्नु उचित हुन्छ।(डा युवीन यादव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जलवायु अनुकुलन, वातावरण, खानेपानी तथा सरसफाई उपसमितिका विज्ञ हुन्)
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट