२०८२ भाद्र २४ मंगलवार
LATEST NEWS
२०८२ भाद्र २४ मंगलवार

‘समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच हातेमालो आवश्यक’

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन सरकार र निजी क्षेत्रबीच हातेमालो आवश्यक रहेको बताएका छन्। कर्पोरेट नेपालको ११औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धिका लागि सरकारले नीतिगत सुधार गरिरहेको स्पष्ट पारे।

सरकारले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको जानकारी दिँदै ऊर्जामन्त्री खड्काले उक्त लक्ष्य कार्यान्वयनको चरणमा अर्थतन्त्रको समग्र पक्ष चलायमान हुँदै जाने विश्वास व्यक्त गरे। ऊर्जा क्षेत्रको विकासबाट चाँडै समृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो।

सरकार अर्थतन्त्रको विकासमा देखिएका व्यवधान हटाउँदै अघि बढिरहेको जानकारी दिँदै मन्त्री खड्काले मुलुकमा केही हुँदैन भन्ने भाष्य सबै मिलेर चिर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले अर्थतन्त्र रुपान्तरणको योजना साथ आयोग अगाडि बढिरहेको जानकारी दिए। सो अवसरमा मन्त्री खड्काले ‘कर्पोरेट म्यागेजिन’ लोकार्पण गरेका थिए।


सामाग्री श्रोत :

‘समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच हातेमालो आवश्यक’

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट