२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

भन्सार छलेर ल्याइएका २४ लाख मूल्यका स्मार्टफोन तथा अन्य इलेक्ट्रोनिक उपकरण लिलामीमा

काठमाडौं । भन्सार विभागले नेपालगञ्ज भन्सार हुँदै विभिन्न समयमा कर छलि गरेर नेपाल भित्र्याउन लागिएका विभिन्न विद्युतीय सामग्रीहरू लिलामीमा बिक्री गर्न लागेको छ ।

विभागले २०७८ साल जेठ १९ देखि २०८१ साल असार १९ सम्म नेपालगञ्ज भन्सार कार्यालयमा जफत गरिएका विद्युतीय सामग्रीहरू गोप्य सिलबन्दी बोलपत्रको माध्यमबाट लिलामी गर्ने जनाएको छ । यसका लागि विभागले एक सूचना जारी गर्दै इच्छुक कम्पनीहरूलाई लिलामीमा राखिएका सामग्री खरिद गर्न आग्रह गरेको छ ।

लिलामीका लागि राखिएका सामग्रीहरूमा पोको, रियलमी, टेक्नो, बेन्को, इन्फिनिक्स, रियलमी लगायत विभिन्न ब्रान्डका ५० थान मोबाइल फोन, ९५ थान आईफोन १५ प्रो म्याक्स को चार्जर केबल, ९६ थान सामसङ २५ वाटको एडाप्टर यूएसबी चार्जर, २२५ पिस आईफोनका ओरिजिनल डिस्प्ले, ९०० थान आईफोनका प्रोटेक्टिभ ग्लास, अन्य विभिन्न ब्रान्डका मोबाइल ग्लास, चार्जर, र कभर रहेका छन् ।

त्यस्तै, विभिन्न ब्रान्डका ल्यापटपका २३ थान ब्याट्री, चार्जर, किप्याड, कभर लगायतका सामग्री पनि लिलामीमा राखिएको छ । साथै, १५० थान बार फोन पनि लिलामी सूचीमा समावेश छ ।

भन्सार विभागले यी सामग्रीहरू २६ लाख ९९ हजार ८७५ रुपैयाँ न्यूनतम मूल्य तोकी लिलामी गर्न लागेको हो ।


पछिल्लो अध्यावधिक: चैत २१, २०८१ १७:१५





सामाग्री श्रोत :
टेक पाना

ट्रेन्डिङ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट