२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

फ्रान्समा विपक्षी नेतृ भ्रष्टाचार आरोपमा दोषी ठहर, राष्ट्रपति चुनाव लड्न नपाउने

काठमाडौं । फ्रान्सको एक अदालतले दक्षिणपन्थी नेतृ मरीन ले पेनलाई भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरेको छ। अदालतले ले पेनलाई चुनाव लड्न पाँच वर्षको प्रतिबन्ध लगाएको छ। यसको अर्थ उनी २०२७ को फ्रान्सेली राष्ट्रपति चुनावमा लड्न सक्ने छैनन्।

मरीन ले पेनलाई युरोपेली संघको कोष हिनामिना गरेको आरोपमा दोषी ठहर गरिएको छ। अदालतले उनलाई चार वर्षको जेल सजाय पनि सुनाएको छ, जसमध्ये दुई वर्ष निलम्बन गरिनेछ र बाँकी दुई वर्ष हिरासतमा नभई इलेक्ट्रोनिक ट्यागको साथ बिताउन सकिन्छ। यद्यपि, ले पेनका वकिलले सजायको विरुद्धमा अपील गर्ने बताएका छन्।

फ्रान्सको एक अदालतले राष्ट्रपति पदका उम्मेदवार मरीन ले पेन र अन्य २० जनालाई फ्रेन्च नेशनल र्‍याली (आरएन) पार्टीको लागि रकम हिनामिना गरेको आरोपमा दोषी ठहर गरेको छ। यी मध्ये, ८ जना त्यतिबेला (हिनामिनाको समय) युरोपियन युनियन सांसद थिए र १२ जना संसदीय सहायक थिए।

न्यायाधीश बेनेडिक्ट डे पर्थुइसले भने: “यो प्रमाणित भएको छ कि यी सबै व्यक्तिहरू वास्तवमा पार्टीको लागि काम गरिरहेका थिए। अनुसन्धानले यो पनि देखाएको छ कि यी प्रशासनिक त्रुटिहरू थिएनन् तर हिनामिना थिए।”


सामाग्री श्रोत :

फ्रान्समा विपक्षी नेतृ भ्रष्टाचार आरोपमा दोषी ठहर, राष्ट्रपति चुनाव लड्न नपाउने

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट