२०८१ चैत्र २७ बुधबार
२०८१ चैत्र २७ बुधबार

फुडमाण्डुले अब ३० मिनेटभित्रै ग्राहकको घरमा ग्रोसरी सामान डेलिभरी गरिदिने

काठमाडौं । अनलाइन फुड डेलिभरी सेवाप्रदायक फुडमाण्डुले ‘फुडमाण्डु वनमार्ट’ नामक नयाँ सेवा सुरु गरेको छ । उपभोक्ताहरूलाई दैनिक उपभोग्य वस्तुहरू २०–३० मिनेटभित्र घरमै पुर्‍याउने योजनासहित कम्पनीले यस्तो सेवा ल्याएको हो ।

फुडमाण्डुले जारी गरेको विज्ञप्तिअनुसार यो सेवा हाल गैरीधारासहित ललितपुरका जावलाखेल, लगनखेल, सानेपा, धोबीघाट, इमाडोल, भैंसेपाटी, नख्खु, बालकुमारी लगायतका क्षेत्रमा उपलब्ध हुनेछ । सेवा विस्तार गर्दै आगामी दिनमा काठमाडौं उपत्यकाका अन्य क्षेत्रमा पनि उपलब्ध गराउने कम्पनीको योजना छ ।

‘फुडमाण्डु वनमार्ट’ सेवा अन्तर्गत दूध, तरकारी, ब्रेड, स्न्याक्स, पेय पदार्थ, सरसफाइ सामग्रीलगायतका आवश्यक सामानहरू डेलिभरी गरिनेछ । “व्यस्त जीवनशैलीका कारण धेरै ग्राहकहरू दैनिक उपभोग्य वस्तुहरू किनमेल गर्न समय निकाल्न सक्दैनन् । फुडमाण्डु वनमार्टले ग्राहकको यही समस्या समाधान गर्न लक्ष्य राखेको छ,” कम्पनीले भनेको छ ।

फुडमाण्डु वनमार्ट सेवा सुरु भएसँगै काठमाडौं उपत्यकाका उपभोक्ताहरूलाई झन्झटरहित किनमेलको अनुभव दिलाउने कम्पनीको दाबी छ । सेवा उपयोग गर्न ग्राहकले फुडमाण्डु एप डाउनलोड गरी ‘वनमार्ट’ अप्सन छनोट गरेर अर्डर लिनुपर्नेछ ।

पछिल्लो अध्यावधिक: चैत १९, २०८१ ११:५९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट