२०८१ चैत्र २७ बुधबार
२०८१ चैत्र २७ बुधबार

तीनकुने घटनाका अनर्गल फोटो, भिडिओ र समाचार आएको भन्दै प्रहरीको आपत्ति

काठमाडौं । गत १५ चैतमा राजधानीको तीनकुनेमा राजावादी समर्थकले गरेको प्रदर्शनका क्रममा भएको झडपसँग सम्बन्धित भ्रामक फोटो, भिडिओ तथा समाचारहरू सामाजिक सञ्जालमा फैलिएको भन्दै नेपाल प्रहरीले आपत्ति जनाएको छ । सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहोराको हस्ताक्षरमा जारी विज्ञप्तिमा अफवाह नफैलाउन आग्रह गरिएको हो ।

“१५ चैतमा दुर्गा प्रसाईं लगायतका समूहले तीनकुनेमा आयोजना गरेको कार्यक्रममा भएको तोडफोड, आगजनी, लुटपाट र प्रहरी कारबाहीका सम्बन्धमा यस परिसर तथा तालुक कार्यालयबाट समेत छानबिन तथा अनुसन्धान भइरहेको सन्दर्भमा कतिपय सामाजिक सञ्जालमा विभिन्न अनर्गल फोटो, भिडिओ र समाचारको प्रकाशनले यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले यस्ता प्रचारप्रसारले जनमानसमा अन्योल र गलत धारणा सिर्जना गर्न सक्ने भन्दै जिम्मेवार बन्न आग्रह गरेको छ । यसैबिच अनुसन्धानमा सहयोग पुग्ने सूचना, फोटो वा भिडिओ भए जिल्ला प्रहरी परिसर, काठमाडौँको आधिकारिक फेसबुक पेज वा ईमेल [[email protected]] मा उपलब्ध गराउन वा  प्रवक्ताको सम्पर्क नम्बर ९८५११२६९८३ मा जानकारी दिन आग्रह गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत १९, २०८१ १०:५४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट