२०८१ चैत्र २७ बुधबार
२०८१ चैत्र २७ बुधबार

विश्वकै प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा काठमाडौं

काठमाडौँ –आज पनि काठमाडौँ उपत्यका विश्वकै प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा आएको छ । पछिल्लो तीन दिनदेखि लगातार काठमाडौं विश्वकै प्रदूषित सूचीमा पहिलो नम्बरमा पर्दै आएको हो । 

स्विट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था ‘आइक्यु एअर’का अनुसार मंगलबार काठमाडौंको वायु गुणस्तर २४८ एक्युआइ मापन भएको छ । सामान्यतया शून्यदेखि ५० सम्मको एक्यूआईलाई सन्तोषजनक मानिन्छ । १५० भन्दा माथिलाई भने अस्वस्थकर मानिन्छ । 

Ncell 2
Ncell 2

एक्युआइ १५० देखि २०० हुँदा श्वास प्रश्वाससम्बन्धी समस्या भएका र पाका उमेरका मानिसलाई असर गर्ने विज्ञ बताउँछन् । २०१ देखि ३०० एक्युआइले सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढाउँछ । अत्यधिक वायु प्रदूषणको प्रभावले मंगलबार पनि काठमाडौंको मौसम खुलेको छैन । 

shivam cement
shivam cement

तीव्र गतिको हावा र वर्षाको सम्भावना नरहँदा तत्काल प्रदूषण घट्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट