२०८१ चैत्र ३० शनिबार
२०८१ चैत्र ३० शनिबार

थाइल्यान्डको एसियन इन्टिच्युट अफ टेक्नोलोजीलाई नेपाल सरकारले करिब १ करोड ३७ लाख सहयोग गर्ने

काठमाडौँ । नेपाल सरकारले थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) लाई १ लाख डलर (करिब १ करोड ३७ लाख रुपैयाँ) सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा एआईटीलाई उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओली मंगलबार थाइल्यान्ड भ्रमणका लागि जाँदैछन् । भ्रमणका क्रममा ओलीले एआईटीमा सम्बोधन गर्ने कार्यक्रम पनि रहेको बताइएको छ । नेपाल एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको संस्थापक सदस्य हो । नेपाल अहिले बोर्ड अफ ट्रस्टीको सदस्य समेत रहेको तथा संस्था आर्थिक संकटमा भएकाले उक्त सहयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

पछिल्लो अध्यावधिक: चैत १९, २०८१ ७:५७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?