२०८१ चैत्र २६ मंगलवार
LATEST NEWS
२०८१ चैत्र २६ मंगलवार

सरकारले घटायो डिजेलको भाउ

काठमाडौं–सरकारले डिजेलको भाउ घटाएको छ। 

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो। 

Ncell 2
Ncell 2

निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४५ पैसा बढेर आएको थियो।

shivam cement
shivam cement

यस्तै डिजेल तथा मट्टितेलको भाउ भने प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो।

सोहीअनुसार पेट्रोलको भाउ कुनै घटबढ नभएपनि डिजेल तथा मट्टितेल को भाउ घटाउने निर्णय भएको निगमको भनाइ छ। जसअनुसार अब काठमाडौँमा डिजेलको भाउ प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ। बढेको मूल्य मंगलबारदेखि लागू हुनेछ। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?