किंरात राई यायाेक्खा साइप्रसले सांस्कृतिक कार्यक्रम गर्दै

melina rai live in cyprus
Facebook
Twitter
LinkedIn

किरात राई यायोक्खा साइप्रस शाखाले उँभौली साकेला पर्व मनाउने भएको छ।  आगामी ७ मे , आइतबार लिमासोल निकोसिया हाइवे स्थित ट्रीकिस प्यालेस हल मा सांस्कृतिक कार्यक्रम गरि उँभौली साकेला पर्व मनाउने बताइएको छ।

किराँती हरूको राष्ट्रिय चाड यलेदोङ ५०८३ को अवसरमा उभौली शाकेला विशेष बृहत साँस्कृतिक कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष नविन राईले जानकारी दिए।  भाषा, संस्कार तथा संस्कृति संरक्षणमा ध्यान दिदै साइप्रस बासि नेपाली बीच आपसी भाइचाराको सम्बन्ध कायम गर्ने हेतुले साकेला विशेष कार्यक्रम गर्न लागेको अध्यक्ष राईले बताए।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा किरात राई यायोक्खा साइप्रसले नेपालबाट चर्चित गायिका मेलिना राईलाई ल्याउन लागेको छ।  युवा माझ लोकप्रिय गायिकाको सांगीतिक प्रस्तुति सहित साइप्रसमा स्थापित स्थानिय कलाकारहरुले पनि कार्यक्रममा थप मनोरंजन प्रदान गर्ने तयारी रहेको छ।

कार्यक्रममा सहभागी हुन साइप्रसका सबै शहरबाट बस को व्यवस्था गरिएको छ।

टिकट को लागि सम्पर्क गर्न तल दिएको फोटो मा क्लिक गरि कल गर्न सकिन्छ

 

यो पनि पढ्नुहोस् : साइप्रसमा पासपोर्ट रिन्यु गर्न वा नयाँ बनाउन के के गर्ने ? (सबै डिटेल)

नेपाली तथा हिन्दि सिरियल हेर्न वा डाउनलोड गर्न क्लिक गर्नुस् :

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.