१७ सेप्टेम्बर २०२२/ निकोसिया
साइप्रसमा एक नेपालीको पानी मा डुबेर मृत्यु भएको छ। बिहिबार राती स्विमिङ पुल मा डुबेर मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ।
साेलुखुम्बु जिल्ला टाप्टिङ घर भएकि २९ वर्षिया निम्टि शेर्पाको मृत्यु भएको हो। मृतक शेर्पा घरेलु कामदारको रुपमा कालिका ह्युमान रिसोर्स मार्फत करिब एक वर्ष अघि साइप्रस आइपुगेकी थिइन्।
आफ्नै रोजगारदाताको घरमा रहेको स्विमिङ पुलमा लास फेला परेको बताइएको छ।
घटना के कसरी घट्यो भन्ने बारे अहिले सम्म कुनै जानकारी प्राप्त भएको छैन।
घटनाको बेलुकी पख सम्म उनी आफन्त को सम्पर्क मा रहेको बुझिएको छ।
शेर्पा समुदायको सामाजिक संस्था शेर्पा किदुग साइप्रसले घटनाको जानकारी दिदै मृतक प्रती समवेदना व्यक्त गरेको छ।
पौडिन नजान्ने शेर्पा कसरी स्विमिङ पुल मा पुगिन? सामाजिक सन्जालमा यस घटनाको अनुसन्धान गरि सत्यतथ्य आउनु पर्ने साइप्रसबासी नेपालीले बताइ रहेका छन् ।
प्रहरी रिपोर्ट र पोस्ट मार्टम रिपोर्ट अझै आइ सकेको छैन।
यो पनि पढ्नु होस् । काम लाग्न सक्छ।
महत्वपूर्ण जानकारी : क्लिक गरि हेर्नुहोला
- लट नम्बर कसरि चेक गर्ने ?
- श्रम भयो कि भएन कसरि थाहा पाउने ?
- बैदेशिक रोजगारमा जाने कामदारले जान्नै पर्ने कुराहरु
- साइप्रस देश कस्तो छ ,कति छन् नेपाली ? पुरा जानकारी
- साइप्रसको भिसा सक्कली कि नक्कली कसरि थाहा पाउने ?
- साइप्रस जानु अघि जन्नै पर्ने कुरा ? processing Time, तलब, सोसल इन्सोइरेन्स, मेडिकल इन्सोरेन्स बारे
- कस्तो हुन्छ साइप्रसको लागि घरेलु कामदारको करार पत्र ?
- कस्तो छ नेपाली महिला को लागि साइप्रस ?
- कुन काम मा कति तलब हुन्छ साइप्रसमा ?
- के हो रिलिज पेपर ? कस्तो अवस्थामा पाइन्छ ?
- साइप्रसमा रिलिज लिनको लागि इम्प्लोयरलाइ दिने 30 Days Notice Period लेटर कसरी लेख्ने ?
- महत्वपुर्ण मोबाइल एप हरु जुन तपाईलाई साइप्रस पुग्नु अघि नै डाउनलोड गरि राख्दा फाइदा हुनेछ।